नेपाली कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कांग्रेसका नेताहरूले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेलाई कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे। पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतका नेताहरू अर्थ मन्त्रालय पुगेका थिए।