जेइको जे–५ को मूल्य ४७.९९ लाखदेखि, दुई भेरियन्टमा उपलब्ध

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

 ओमोडा जेइको जे–५ ४७ लाख ९९ हजारमै आउने भएको छ । नेपालमा ओमोडा जेइकोको आधिकारिक वितरक एजपिजी अटोमोबाइल्स लिमिटेडले सो मूल्यमा जेइको–५ उपलब्ध गराउने घोषणा गरेको हो । उन्नत प्रविधि, उत्कृट एसयुभी क्षमता तथा प्रिमियम सुविधा भएको जेइको–५ प्रोले ग्राहकलाई आकर्षक मूल्यमा प्रिमियम इलेक्ट्रिक अनुभव प्रदान गर्ने दाबी गरिएको छ । प्रोको मूल्य ५४.९९ लाख तोकिएको छ ।

कम्पनीका अनुसार यी दुई भेरियन्टले मुख्यतः ब्याट्री क्षमता र ड्राइभिङ रेन्जका आधारमा ग्राहकलाई प्राथमिकताअनुसार छनोट गर्ने सुविधा प्रदान गर्छन् । जेइको जे–५ प्रोमा ५०.७ किलोवाटको ब्याट्री जडान गरिएको छ, जसले चार सय पाँच किमि रेन्च प्रदान गर्ने कम्पनीको दाबी छ । 

पहुँचयोग्य मूल्यमा उपलब्ध भए पनि जेइको जे–५ प्रोमा जेइको जे–५ का धेरैजसो महत्वपूर्ण सुविधा कायम राखिएको बताइएको छ । दुवै मोडेलमा एक सय ८५ किमि ग्राउन्ड क्लियरेन्स छ । त्यस्तै, ४८० लिटरको बुट स्पेसले दैनिक प्रयोग तथा लामो यात्राका लागि पर्याप्त व्यावहारिकता प्रदान गर्ने कम्पनीको भनाइ छ । 

यी भेरियन्टमा प्यानोरामिक मुनरुफ, स्पेयर टायर तथा लेभल–२ एडास उपलब्ध छन् । यी सुविधाले आराम र उन्नत सुरक्षा प्रविधिको संयोजन सुनिश्चित गर्ने बताइएको छ । 

सुझावित समाचार