अविरलले जिते किक बक्सिङ ५९

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बक्सर अविरल घिमिरेले जापानको नागोयामा भएको किक बक्सिङ ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले चिनिने अविरल फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै च्याम्पियन बनेका हुन् ।

माथन २०२५ का च्याम्पियन हुन् । करिअरको चन्द्रागिरि नगरपालिका– १२, गुर्जुधाराका अविरलको २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१औँ जित हो । उनले २१ मध्ये २० खेल नकआउट आधारमा जितेका छन् ।

अविरलले रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सुझावित समाचार