पौडी खेल्ने क्रममा डुबेर आइतबार पोखरामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा घर भई हाल कास्कीको पोखरा महानगरपालिका–५, मालेपाटन बस्ने २१ वर्षका मुक्तबहादुर रोका रहेका वडा प्रहरी कार्यालय पोखरा–१, बगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।
पोखरा–२५ स्थित याम्दी खोलामा पौडी खेल्ने क्रममा रोका अचानक डुबेका थिए। घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगेकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।