काठमाडौंका सार्वजनिक स्थानहरूमा मधेशी समुदायलक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व भड्काउने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका–३१, शंखमूल बस्ने ३५ वर्षका विशाल गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो।
शनिबार शंखमूलबाट पक्राउ परेका गुरुङमाथि सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा प्रहरी वृत्त बानेश्वरले थप अनुसन्धान अघि बढाएको छ।