महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुन्छ : नेता लेखक

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण
महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुन्छ : नेता लेखक

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन निश्चित रहेको बताएका छन्। आइतबार कञ्चनपुरमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले यस्तो बनाएका हुन्।

आफूहरूले हदैसम्मको लचतकता अपनाएर एकताको प्रयास गरिरहेको बताउँदै उनले भने, ‘यदि अधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ है, यो कुरा प्रस्ट भन्नुपर्छ साथीहरूलाई। पार्टी विभाजन रोक्नका लागि एउटै उपाय अधिवेशन रोक्नु हो।’

विशेष महाधिवशेनबाट विवाद सुरु भएको जिकिर गर्दै नेता लेखकले समाधानका लागि विशेष महाधिवेशन र १४औँ महाधिवेशनको कार्यसमितिलाई एकै ठाउँमा राख्नुपर्ने बताए।

आफूहरूले गगन थापालाई नै सभापति स्वीकार गरेको प्रस्ट पार्दै उनले थपे, ‘गगनजीलाई अल्पमतमा पर्छु भन्ने चिन्ता छ भने बहुमतमा हुनका लागि जति मान्छे मनोनीत गर्नुहुन्छ गर्नुस् भनेको हो। अब के भन्ने त्योभन्दा बढी?’
 

सुझावित समाचार