आफूसँग जग्गा भएका, तर ठुलो बजेट नभएका तथा आफैँ खटिएर घर बनाउन गाह्रो मान्ने परिवारलाई लक्ष्य गरेर डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले कम बजेटमै आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ग्राहकसँग भएको साढे तीन आना जग्गामा साढे दुईतले आधुनिक घर सम्पूर्ण निर्माण सामग्रीसहित ७७.७७ लाख रुपैयाँमै बनाइदिने योजना अघि सारेको हो ।
निर्माण लागत बढिरहेका वेला गुणस्तरीय सामान प्रयोग गरेर घर बनाउने योजनामा रहेका परिवारलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।