पूजा र लीला सम्मिलित थिम्पुको दोस्रो जित

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली खेलाडीद्वय पूजा राना र लीला जोशी सम्मिलित थिम्पु सिटी वुमन्स एफसीले भुटानी राष्ट्रिय महिला लिग ‘टियर १’मा दोस्रो जित निकालेको छ । शनिबार बबेना आर्टिफिसियल टर्फमा सम्पन्न आफ्नो चौथो खेलमा थिम्पुले गेलेफु गर्ल्स एकेडेमीलाई ९–१ ले हरायो । 

थिम्पुको जितमा फरवार्ड एटिभोर होलालीले ह्याट्रिक गरिन् । थिम्पुले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो । पूजाले गेलेफुविरुद्ध बेन्चबाट सुरुवात गरेकी थिइन् । लीला भने पहिलो रोजाइमै मैदान उत्रिएकी थिइन् । जितसँगै चौथो स्थानको थिम्पुले चार खेलमा ६ अंक जोडेको छ ।

यसअघि तेस्रो खेलमा थिम्पुले पारो एफसीसँग २–१ को हार व्यहोरेको थियो । गेलेफुको यो पाँचौँ खेल हो । टोली एक अंक जोड्दै पाँचौँ स्थानमा छ । १० टोलीको सहभागिता रहेको ‘टियर ३’मा पारो चौथो भएको थियो ।

See More On

सुझावित समाचार