अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै उद्धार

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार गरिएको छ। नेपाली सेनाले हालै उनको तस्बिर सार्वजनिक गर्दै उद्धार गरिएको जानकारी दिएको हो। उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक रहेको सेनाले जनाएको छ।

सुरुङभित्र फसेका उनलाई नेपाली सेनाको उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धारको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यसअघि शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट दुईजनाको उद्धार गरिएको थियो।

सुझावित समाचार