नेपाल निर्जीवन बिमा व्यवसायी संघ तथा यसमा आबद्ध कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितका लागि संयुक्त रूपमा तीन करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्।
गत बुधबार संघका अध्यक्ष मनोहर दास मूलको नेतृत्वमा गएको टोलीले कम्पनीहरूका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो।
दैवी विपत्तिमा नागरिकहरूको राहत, पुनर्स्थापना, पुनर्निर्माणमा बिमा कम्पनीहरूले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै संघ र यसमा आबद्ध निर्जीवन बिमा कम्पनीहरूले आ–आफ्नोतर्फबाट योगदान गरेको विज्ञप्तिमा उल्लेख छ।
योगदान गर्ने कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी छन्। यी कम्पनीहरूका कर्मचारीहरूबाट २६ लाख २३ हजार १८ रुपैयाँसमेत हस्तान्तरण गरिएको छ।
साथै एनएलजी इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै सहयोग राशि हस्तान्तरण गरिसकेका छन् भने बाँकी कम्पनीहरूसमेत योगदान गर्ने क्रममा रहेका छन्।