सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढेर ३.५५ अर्ब, सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

सानिमा बैंकको खुद मुनाफा ३८.०१ प्रतिशतले वृद्धि भई तीन  अर्ब ५५ करोड पुगेको छ। बैंकले गत आर्थिक वर्षको तुलनामा नाफामा उल्लेख्य सुधार गरेको हो।

बैंकले साधारण सेयरधनीहरूलाई साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। गत वर्ष साधारण सेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको थियो।

त्यस्तै, अग्राधिकार सेयरधनीहरूलाई अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। बैंकको प्रतिसेयर आम्दानी बढेर रु. २५.७५ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु. १८.९४ रहेको थियो। यसैगरी, इक्विटीमा प्रतिफल  ११.७० प्रतिशतबाट बढेर १४.३९ प्रतिशत पुगेको छ।

बैंकको कुल वितरणयोग्य नाफा प्रतिसेयर रु. २०.८६ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. १५.४८ थियो।बैंकको व्यवसाय विस्तारतर्फ पनि सुधार देखिएको छ। कुल कर्जा तथा सापटी ११.१९ प्रतिशतले बढेर रु. २०३.९९ अर्ब पुगेको छ भने कुल निक्षेप १०.८४ प्रतिशतले वृद्धि भई रु. २४९.९३ अर्ब पुगेको छ।

सुझावित समाचार