एलए दर्जन गोलले विजयी

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

लिलिट एन्जल्स (एलए) स्कुलले ३२औँ ज्ञान कार्निभलअन्तर्गत पुरुष फुटबलमा राई स्कुललाई १२–० को फराकिलो अन्तरले हराएको छ । एलएको जितमा अक्षय श्रेष्ठले तीन गोल गरेका थिए ।

महिलातर्फ बिहीबार भएको खेलमा इस्टपोलले एलएलाई २–० ले पराजित गर्यो । आयोजक ज्ञानोदय बालवाटिका र त्रियोगले गोलरहित बराबरी खेले । पुरुष फुटबलमा डिएभीले मल्पीलाई १–० ले हरायो ।

महिला बास्केटबलमा रातो बंगलाले डिएभीलाई २२–२१ तथा ज्ञानोदयले एलएलाई ३३–१२ ले पाखा लगाए । पुरुष बास्केटबलमा ज्ञानोदयले डिएभीलाई ४१–२९ तथा मल्पीले जेम्सलाई ३३–२३ ले पन्छाए । 

See More On

सुझावित समाचार