सशस्त्र प्रहरीले रौतहटस्थित एक घरमा छापा हानेर ३५ लाख रुपैयाँबराबरको तस्करीका सामान बरामद गरेको छ।
ईशनाथ नगरपालिका- ३, ओरैयास्थित नन्दकिशोर गुप्ताको घरबाट भन्सार छली गरिएका कस्मेटिक तथा सुर्ती बरामद भएको नं.२ छिन्नमस्ता बहिनीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हे.क्वा. रौतहटलगायत मातहत कार्यालयहरुबाट गणपति एसपी चेतराज जोशीको कमान्डमा ४५ जना, इलाका प्रहरी कार्यालय बन्जरहाबाट इन्स्पेक्टर धर्मनाथ यादवको कमान्डमा सात र भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले उक्त घर खानतलासी गरेको हो। बरामद सामान गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ।