विपत् प्रभावितका लागि ह्वासिया इन्भेस्टमेन्टद्वारा २० लाख सहयोग

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

विपत् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रतिनिधि डेभिड यिङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत विपत् प्रभावित नागरिकको राहत तथा उद्धारमा खर्च गरिने जनाइएको छ।

चेक हस्तान्तरण कार्यक्रममा उद्योगमन्त्री यादवले विपतकाे कठिन समयमा मानवीय भावनाका साथ सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीप्रति धन्यवाद व्यक्त गरिन् । उनले प्राप्त सहयोग विपत् प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरिन्। 

मन्त्री यादवले विपतका वेला निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताइन् ।  सरकारले विपत् प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न निकाय र निजी क्षेत्रसँग सहकार्य गर्दै आएको छ।

सुझावित समाचार