नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

नेको इन्स्योरेन्स लिमिटेडले प्राकृतिक तथा अन्य विपतबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३५ लाख  रुपेयाँ सहयोग गरेको छ।

कम्पनीले विपत् प्रभावित समुदायलाई तत्काल राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने उद्देश्यले ३५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेको इन्स्योरेन्सका सञ्चालक समितिका सदस्य मणिदेव भट्ट तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थमन्त्रीसमक्ष उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका थिए।

कम्पनीका अनुसार देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपतबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

नेको इन्स्योरेन्सले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपतबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका विभिन्न कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सुझावित समाचार