प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको एक करोड ११ लाख सहयोग

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

सिटी एक्सप्रेस ग्रुपले भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ।

कम्पनीले प्राकृतिक विपतको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित क्षेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गरेको हो।

कम्पनीले विपतको कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागू गरेको छ।

सुझावित समाचार