भोटेकोशी बाढीमा सम्पर्कविहिन भएका बाँकेका ५५ मध्ये २७ जनाको सकुशल उद्धार

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीमा सम्पर्कविहिन भएका बाँकेका ५५ मध्ये २७ जनाको सकुशल उद्धार भएको छ। हराएकामध्ये २७ जनाको सकुशल उद्धार भई केहि परिवारको सम्पर्कमा आएको र केहिको विभिन्न अस्पतालमा उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

‘बाढीमा परि मृत्यू भएका मध्ये दुई जनाको पहिचान भई अन्तिम संस्कार पनि भएको छ,’ उनले भने । सनाखत भई अन्तिम संस्कार हुनेमा कोहलपुर नगरपालिका ११ का कविलाल थारु र महेश थारु रहेको प्रजिअ तामाङले जानकारी दिए।सम्पर्कविहिन रहेका २६ जनाको खोजतलास भइरहेको बताउँदै उनले परिवारका सदस्यसँग नियमित सम्पर्कमा रहेको बताए। 

डुडुवा गाउँपालिका ६, का सुरजकुमार मौर्य परिवारको सम्पर्कमा आएको उनले बताए। कोहलपुर नगरपालिका १, कौशिलानगरका ताराकुमार बुढामगरको सकशुल उद्धार भएको जानकारी दिए। ‘कोहलपुर नगरपालिका २ का रामबहादुर थारु धादिङबेसीबाट परिवारको सम्पर्कमा आउनु भएको भने लकेश चौलागाईको सकुशल उद्धार भएको छ,’ प्रजिअ तामाङले भने ।

नेपालगन्ज उपमहानगरपालिका १६ का ललित वर्मा, इसिका वर्मा, कोहलपुरकी धनकुमारी खत्री, अर्जुन खत्री, कोहलपुर नगरपालिका ४ की नानीमाया चौलागाई, कोहलपुरका कृष्णप्रसाद चौधरी, नेपालगन्जकी सरु चौलागाई, प्रदिप चौलागाई र कोहलपुर नगरपालिका ७ का लालकेश चौलागाईको उद्धार भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

कोहलपुकी शान्ता बिकका मैलुङबाट उद्धार भएको बताउँदै उनले नेपालगन्जका करवीर कामीको रसुवाबाट उद्धार भएको जानकारी दिए। श्याम जोशीको धुन्चेबाट र गणेश जोशीको टिमुरेबाट उद्धार भएको पनि प्रजिअ तामाङले जानकारी दिए। ‘कोहलपुरका राजकुमार चौधरीको १३ भाद्रमा शान्ति बजारबाट उद्धार भएको उनले बताए। सन्तोष कुमाल, विश्वमित्र थारु, रामसिंह थारु, विजय थारु र रामप्रसाद चौधरीको शान्ति बजारबाट तथा सन्तुराम चौधरी, सन्तोष गिरी, अमिर खान, सरिस केसीको धुन्चेबाट उद्धार भएको छ,’ उनले भने । 

सुझावित समाचार