औषधि आयातकर्ता संघले स्वास्थ्य मन्त्रालयलाई दियो तीन करोडबराबरको औषधि तथा स्वास्थ्य सामग्री

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल औषधि आयातकर्ता संघले तीन करोड मूल्यबराबरको औषधि सहयोग गरेको छ । विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उपचारमा सहजताका लागि महत्त्वपूर्ण औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री निशा मेहतालाई हस्तान्तरण गरिएको हो ।

आइतबार संघका अध्यक्ष पवनकुमार आचार्यको टोली पुगेर उक्त औषधि हस्तान्तरण गरेको हो । जसमा हैजा, झाडापखालाका लागि चाहिने कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टिरेबिज भ्याक्सिन, पारासिटामोललगायत हस्तान्तरण गरिएको अध्यक्ष पवनकुमार आचार्यले बताए ।

‘हामीले आफ्नोतर्फबाट गर्न सक्ने सहयोग सरकारलाई गरेका हौँ, अहिले बाढीपछि स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर उक्त सामान स्वास्थ्यमन्त्रीज्यूमार्फत हस्तान्तरण गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि हामी सरकारलाई यसैगरी सहयोग गर्न तयार छौँ ।’

See More On

सुझावित समाचार