सभापति लामिछानेद्वारा राष्ट्रपति पौडेलसमक्ष बाढीपहिराेको क्षति र राहतबारे ब्रिफिङ

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई देशका विभिन्न भागमा आएको बाढीपहिराको अवस्था, यसबाट भएको क्षति तथा उद्धार र राहतका गतिविधिबारे जानकारी गराएका छन्।

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटका क्रममा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी र त्रिशूली नदीको बाढीबारे ब्रिफिङ गरेका हुन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि लामिछानेले यसबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।

सुझावित समाचार