लक्ष्मी ग्रुपको सुजल डेरी उद्योगले ‘सफल कुइजिन लाइन’ ग्राहकसामु अगाडि बढाएको छ। कम्पनीले ‘सफलमै छ असली स्वाद’ भन्ने अभियानका साथ उपभोक्ताको दैनिक खानपान र विशेष परिकारलाई अझ स्वादिष्ट बनाउन यो नयाँ पोर्टफोलियोलाई सशक्त रूपमा अघि बढाएको हो ।
सुजल डेरीले उत्पादन गर्ने गुणस्तरीय दुग्धजन्य पदार्थहरूलाई एकै समूहमा उपलब्ध गराउँदै यसकाे छनोट र प्रयोगलाई सहज बनाउने उद्देश्यले कम्पनीले विभिन्न स्वादका परिकार बनाउन उपयोगी सफल फ्रेस पनिर, सफल डेरी घिउ, सफल बटर, सफल नौनी र सफल क्रिममा समेट्दै ‘सफल कुइजिन लाइन’ ग्राहसामु ल्याएको हो ।
यी उत्पादनहरूको प्रयोगबाट घरमै सेलरोटी तथा अन्य परम्परागत नेपाली परिकारहरू, पनिर बटर मसालालगायतका परिकारसँगै विभिन्न ग्रेभी, मिठाई तथा अन्य परिकार बनाउन सकिने कम्पनीले जनाएको छ। घरायसी खाना र भान्छामा मात्र नभएर रेस्टुरेन्ट तथा व्यावसायिक किचेनसम्म विभिन्न परिकार बनाउन सँगै तयार गर्न यी उत्पादन उपयोगी हुने कम्पनीले जनाएको छ।
गुणस्तरीय दुधबाट उत्पादन गरिएका यी सामग्रीले परिकारको स्वाद, बनावट र समग्र पाक अनुभवलाई थप उत्कृष्ट बनाउने विश्वास कम्पनीको छ । ‘सफल कुइजिन लाइनका उत्पादनले खाना पकाउने अनुभवलाई थप सहज र स्वादिष्ट बनाउन सहयोग गर्नेछन्,’ कम्पनीकोे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुजल डेरीले उत्पादनको गुणस्तर सुनिश्चित गर्न आइएसओ २२०००ः२०१८ प्रमाणपत्रसमेत प्राप्त गरेको छ । यसले कम्पनीको गुणस्तरप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको दाबी जारी विज्ञप्तिमा गरेको छ । ‘सफल कुइजिन लाइनका उत्पादनहरुको प्रयोग गरी आफ्नो खाना खाने अनुभवलाई अझ स्वादिष्ट र स्वस्थ बनाउन सकिनेछ,’ कम्पनीले भनेको छ । अहिले यी उत्पादनहरू देशभरका सुपरमार्केट, मार्ट र नजिकैका पसलहरूमा सहजै उपलब्ध रहेका छन् ।
डेरीले आफ्नो उत्पादनको पोर्टफोलियोलाई थप विस्तार गर्दै नेपाली उपभोक्ताको विश्वास र स्वादको पहिचानलाई अझ मजबुत बनाउने योजना अघि सारेको जनाएको छ ।
सामग्रीको शुद्धता र परिकारमा ल्याउने असली स्वादले नै सफल ब्रान्डलाई बजारमा फरक पहिचान दिएको कम्पनीले दाबी गरेको छ । ०३० सालमा पर्यटकीय सहर पोखराबाट ६–७ हजार लगानी गरेर व्यवसाय सुरु गरेको लक्ष्मी मिठाई भण्डार हाल लक्ष्मी ग्रुपमा परिणत हुँदा कम्फेक्सनरी, डेरी, प्लास्टिक हुँदै बहुराष्ट्रिय कम्पनी हुन्डाई, बिएमडब्लूलगायतको नेपालका लागि आधिकारिक विक्रेता गर्ने कर्पोरट हाउसको रूपमा स्थापित भइसकेको छ ।