उद्धार कोषमा मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीले प्रभावित टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको सहयोग गरेको छ।

कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउनु सामाजिक उत्तरदायित्व रहेको स्पष्ट पार्दै बैंकले यो सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ।

‘यस विपत्तिको घडीमा जीवन गुमाउनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ,’ बैंकले भनेको छ।

सुझावित समाचार