बाढीले क्षति पुर्‍याएपछि वैकल्पिक प्रणालीबाट नुवाकोटमा विद्युत् सेवा

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचनामा क्षति पुर्याएपछि अवरुद्ध भएको नुवाकोटका विभिन्न क्षेत्रको विद्युत् आपूर्ति वैकल्पिक प्रसारण प्रणालीमार्फत पुनः सञ्चालनमा ल्याइएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चौघडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकतर्फबाट वैकल्पिक लाइन जोडेर विद्युत् सेवा सञ्चालन गरिएको हो। नियमित प्रसारण प्रणाली प्रभावित भएपछि उपभोक्तालाई तत्काल राहत दिन वैकल्पिक स्रोत प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।

चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई समेत ११ केभीमा चार्ज गर्ने प्राविधिक काम भइरहेको प्राधिकरणले जनाएकाे छ।

यी संरचनामा आवश्यक प्राविधिक काम पूरा भएपछि थप क्षेत्रमा विद्युत् आपूर्ति विस्तार गर्ने तयारी छ। प्राधिकरणले सकेसम्म साँझसम्म प्रभावित क्षेत्रमा सेवा थप नियमित बनाउने लक्ष्य राखेको जनाएको छ।

सुझावित समाचार