नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको भूमिगत माथिल्लो त्रिशूली–३ ए जलविद्युत् गृहमा टर्बाइन ओभरहाउलिङ (मर्मतसम्भार) कार्यमा खटिएका करिब दुई दर्जन कर्मचारीको अवस्था अज्ञात बनेको छ।
जलविद्युत् गृहको भूमिगत संरचनाभित्र मर्मतसम्भारको काम भइरहेका वेला उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ। घटनापछि सम्बन्धित निकायले कर्मचारीहरूको अवस्थाबारे खोजी तथा उद्धारको प्रयास थालेको छ।
घटनाको विस्तृत कारण, कतिजना कर्मचारी प्रभावित छन् र उनीहरूको वास्तविक अवस्था के छ भन्नेबारे आधिकारिक विवरण आउन बाँकी छ।