नुवाकोटको ढुंगेबजारमा त्रिशूली नदीको धार परिवर्तन, रसुवा जाने सडक अवरुद्ध

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण
नुवाकोटको ढुंगेबजारमा त्रिशूली नदीको धार परिवर्तन, रसुवा जाने सडक अवरुद्ध

तस्बिर : संजित परियार/ नयाँ पत्रिका

नुवाकोटको ढुंगेबजारमा त्रिशूली नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रमा ठुलो क्षति पुगेको छ। नदीको बहाब बढेर बजार क्षेत्रमा पसेपछि भौतिक संरचनामा व्यापक क्षति भएको बताइएको छ।

ढुंगेबजारबाट रसुवा जाने सडकसमेत नदीको कटान र क्षतिका कारण विच्छेद भएको छ। सडक अवरुद्ध भएपछि रसुवासँगको सडक सम्पर्क प्रभावित भएको छ।

घटनामा घाइते तथा प्रभावितको यकिन विवरण अहिलेसम्म प्राप्त हुन सकेको छैन। उद्धार कार्य जारी रहेको र प्रभावित तथा घाइतेको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

उद्धारका लागि नेपाली सेनाका दुईवटा तथा निजी क्षेत्रको एउटा हेलिकोप्टर परिचालन गरिएको जनाइएको छ। घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाे छ । 

सुझावित समाचार