चीनबाट त्रिशूली नदीमा आएको बाढीले धादिङमा पनि ठुलो क्षति गरेको छ । पक्की पुलहरू बगाएको छ भने विभिन्न बस्तीमा बाढी बसेको छ। गल्छी र मलेखुस्थित पक्की पुल बाढीले बगाएको छ ।
धादिङबेँसी जाने फुर्के खोलामाथिको मलेखु पुल नै बाढीले उचालेर बगाएको छ। जसकारण जिल्ला सदरमुकामसँग सडक सम्पर्क सम्बन्ध विच्छेदको अवस्था छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार पक्कीलगायत धेरै पुलहरू बगाएको छ । ‘भौतिक क्षति ठुलो छ,’ उनी भन्छिन्, ‘सकेसम्म मानवीय क्षति नहुन प्रयास गरिरहेका छन्।’ विभिन्न जोखिमपूर्ण बस्ती खाली गराउने काम भइरहेको प्रशासन कार्यालयले जनाएको छ।