नेपाल बैंकको अटो लोन योजना

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेडले आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ । बैंकले नाडा अटो सोलाई लक्षित गर्दै यो अफर ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले यस बैंकबाट कर्जा लिई जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी हुन आउने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, यसरी कर्जा उपभोग गर्दा कर्जा प्रशासनिक शुल्कमा ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने र कर्जा उपभोग गर्ने ग्राहकले विनाकुनै शुल्क तीन लाख रुपैयाँसम्मको क्रेडिट कार्ड (लाइफटाइम)को सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सुझावित समाचार