निर्मल पुर्जाको सम्झनामा चितवनमा सामूहिक दीप प्रज्वलन गरिने

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा(निम्स दाइ)को सम्झनामा चितवनमा सामूहिक दीप प्रज्वलन गरिने भएको छ। उनका आफन्त तथा स्थानीयले भदौ १० गते बुधबार साँझ उनकै निवासमा दीप प्रज्वलन गर्न लागेका हुन्। 

हिमाल आरोहणका क्रममा पुर्जाको गत १४ साउनमा निधन भएको थियो। उनको शव अन्त्येष्टिका लागि बेलायत लगिएको छ । उनको सम्झनामा भरतपुर–१, रामनगरमा हुन लागेको कार्यक्रममा सहभागिताका लागि स्थानीय आग्रह गरेका छन्। पुर्जाको  बुधबार  दक्षिण पश्चिम इंग्ल्यान्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा अन्त्येष्टि समारोह हुँदै छ । सोही दिन चितवनस्थित उनको निवासमा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको हो । 

सुझावित समाचार