मञ्जुश्री फाइनान्स र स्टार क्याफे एन्ड ब्यांकेटबिच छुटसम्बन्धी सम्झौता

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एन्ड ब्यांकेट प्रालिबिच मञ्जुश्री फाइनान्सका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापश्चात् मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले स्टार क्याफे एन्ड ब्यांकेटमा सेवा लिँदा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

सबै परिकार तथा पेय पदार्थहरूमा ८ प्रतिशत छुट तथा क्याबिन बुकिङ गर्दा १० प्रतिशत छुट पाइने फाइनान्सले जनाएको छ। फाइनान्सका ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न र उनीहरूलाई थप सेवा सुविधा प्रदान गर्न यो सहकार्य गरिएको बताइएको छ।

ग्राहकले बिल भुक्तानी गर्ने क्रममा मञ्जुश्री फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेर यो छुट सहजै लिन सक्नेछन्। आगामी दिनहरूमा पनि ग्राहकहरूको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न सहकार्यहरूलाई निरन्तरता दिने फाइनान्सले जनाएको छ।

सुझावित समाचार