नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको साउन १ गते नै आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंक ऐनमा संशोधन गर्ने अर्थ समितिले निर्णय गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको हो। यस व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधनको निर्णय गरिएको छ।
यसअघि मौद्रिक नीति जारी हुने निश्चित तिथि तोकिएको थिएन, जसका कारण आर्थिक वर्ष सुरु भइसक्दा पनि बजेट कार्यान्वयन र वित्तीय क्षेत्रका नीतिगत स्पष्टतामा ढिलाइ हुने गरेको थियो । ऐन संशोधन गरी साउन १ गतेको समयसीमा तोकिएपछि आर्थिक वर्षको पहिलो दिनबाटै बजेट र मौद्रिक नीति एकसाथ कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।