कञ्चनपुरको उत्तरी भेग ब्रह्मदेवमा समुदाय स्तरबाटै क्रिकेट मैदान निर्माण गरिएको छ । भीमदत्त नगरपालिका– ९ ब्रह्मदेव ग्रामीण भेगमा समुदाय स्तरबाटै क्रिकेट मैदान निर्माण गरिएको हो। क्रिकेटका खेलाडीका लागि अभ्यास गर्न र नयाँ इच्छुक खेलाडीका लागि सिक्नका लागि मैदान नभएपछि स्थानीय जुटेर क्रिकेट मैदान निर्माण गरेका छन्।
स्थानीयसमेत रहेका कञ्चनपुरका युवा अगुवा दीपेन्द्रसिंह ऐरीले गाउँमा क्रिकेट मैदान नहुँदा खेलाडीको समस्या बुझेर स्थानीय मिलेर श्रमदान गरेर क्रिकेट मैदान निर्माण गरिएको बताए। उनका अनुसार अभ्यासका लागि पिचसहितको मैदान निर्माण गरिएको छ ।
क्रिकेट मैदानकै लागि तीनै तहका सरकारले लाखौँ बजेट दिए पनि सीमावर्ती ब्रह्मदेव गाउँका स्थानीयसमेत राज्यको लगानीविनै आफ्नै सन्तानको भविष्यका लागि श्रमदान गरेर क्रिकेट मैदान निर्माण गरेका छन्। गाउँमै क्रिकेट मैदान निर्माण भएपछि क्रिकेटका खेलाडीलाई सुविधा भएको छ।