शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २,६१८ अंकमा कायम भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा चार अर्ब ४० करोडबाट घटेर चार अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ।
आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकतर्फ अन्य समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ।
कारोबारमा जलविद्युत् समूह अगाडि रह्यो। यस समूहमा मात्रै दुई अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ, जुन कुल कारोबारको करिब ६० प्रतिशत हो। सर्वोत्तम पेन्ट्सको मूल्य १५ प्रतिशतले बढ्दा पन्चकन्या माई हाइड्रो र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन पनि बढ्ने कम्पनीमा रहे। अर्कोतर्फ धौलागिरि लघुवित्त, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र ग्रामीण विकास लघुवित्तको मूल्य घटेको छ।