तीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै विभिन्न नाराबाजी गरेका थिए। उनीहरूले ‘बलात्कारीलाई फाँसी दे’लगायतका नारा लगाउँदै दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरे।
प्रदर्शनपछि सहभागीहरूले माइतीघर मण्डलादेखि जिल्ला अदालत, बबरमहलसम्म र्यालीसमेत निकालेका थिए। र्यालीमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका थिए।
















