नेपाल इन्स्योरेन्स कम्पनीले स्थापनाको ७९औँ वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी ३ असोजमा सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा नेपाल बिमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बिमा, निर्जीवन बिमा, लघु बिमा तथा पुनर्बिमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहने बताइएको छ । कम्पनीका अुनसार प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बिमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबिच आपसी समन्वय, सद्भाव, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीसम्बन्धी चेतनाको विकास गर्नु हो ।