स्थानीय निर्वाचनमा विदेशबाट भोट हाल्ने व्यवस्था मिलाउन माग

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद विपिन आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा विदेशबाट पनि भोट दिने व्यवस्था मिलाउन माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा आचार्यले यसका लागि अहिलेबाटै तयारी गर्न सरकारको ध्यानाकर्षण गराए। ‘हामी चाहन्छौँ यसपटकको स्थानीय निर्वाचनमा संसारभरका प्रवासी नेपालीहरूले भोट हाल्न पाऊन्। त्यसका लागि जे–जे कानुनी उपाय गर्नुपर्नेछ त्यो गर्न सुरु गरौँ,’ उनले भने। 

रास्वपाले ‘नोट चल्ने भोट नचल्ने’ प्रवृत्तिको अन्त्य गर्नुपर्ने दोहोर्याउँदै आएको भन्दै उनले ढिला नगर्न सरकारलाई आग्रह गरे।

सुझावित समाचार