थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित लाभ लिएको आरोपमा एक पक्राउ

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

कारागारमा थुनामा रहेका व्यक्तिकाे मुद्दा मिलाएर छुटाइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेको आरोपमा प्रहरीले एकजनलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गोरखाको बारपाक सुलिकोट गाउँपालिका– १ घर भई ललितपुर बस्ने ५४ वर्षका जितबहादुर घलेलाई नियन्त्रणमा लिएको हो।

घलेले उच्चपदस्थ व्यक्तिहरूसँग आफ्नो सम्बन्ध रहेकाले थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने तथा दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो।

सुझावित समाचार