विश्व सिरिजमा दावाले भाग लिने

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली अल्ट्रा र ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युएमटिबी विश्व सिरिज (फाइनल)मा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी २८ अगस्टमा हुने सिरिजको सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबार नै फ्रान्स प्रस्थान गरेका छन् ।

गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (युटिएमबी)मा गरेको प्रदर्शनका आधारमा दावा फ्रान्सको सिरिजका लागि छनोट भएका हुन् । अस्ट्रेलियामा भएको दौडको सय किलोमिटर दूरी दावाले १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए ।

एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा दावालाई मंगलबारै बिदाइ गरे । दावाले आफ्नो उत्कृष्ट समयमा सुधार गर्ने लक्ष्य रहेको बताए ।

See More On

सुझावित समाचार