कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा नेकपा भित्रिएको छ । मुख्मयन्त्री हिक्मतबहादुर कार्कीले नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री गरी पाँचजनालाई सरकारमा सहभागी गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले सोमबार शपथग्रहण गराएका छन् । जीवन आचार्य भौतिक पूर्वाधार, गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन, खिनुलङवा लिम्बू वन पर्यटन तथा वातावरण र गीता तिम्सिना सामाजिक विकासमन्त्री बनेका छन् ।
त्यस्तै, सपना दर्जी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त्त भएकी छन् । नेकपा भित्रिएसँगै कोशीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । कार्कीले एमालेबाट मन्त्री रहेका दुई मन्त्री र एक राज्यमन्त्रीको मन्त्रालय हेरफेर गराएका छन ।
रामप्रसाद मेहता कृषी सहकारी तथा उद्योग र इन्द्रमणि पराजुली स्वास्थ्यमन्त्री तथा उमाकान्त गौतम स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् । यसअघि मेहता समाजिक विकास र पराजुली आन्तरिक मामिला मन्त्री थिए । त्यस्तै, गौतम आन्तरिक मामिला राज्यमन्त्री थिए ।