एभरेस्ट बैंकले पाल्पाको तानसेनमा आफ्नो सेवा विस्तार गरेको छ । बैंकले १ भदौमा लुम्बिनी प्रदेशको पाल्पा, तानसेन– ७, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
यो काउन्टरसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या पाँच पुगेको छ । नयाँ काउन्टर स्थापना भएसँगै पाल्पावासीले अत्याधुनिक बैंकिङ सुविधा लिन सक्नेछन् ।