विराटनगरलाई एक्सट्रिमको साथ

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को टोली विराटनगर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंक्सलाई मुख्य प्रायोजकका रूपमा भित्र्याएको छ। अब एक्सट्रिमको लोगो टोलीको जर्सीलगायत विभिन्न प्रमुख स्थानमा देखिनेछ।

विराटनगर किंग्सले एक्सट्रिमसँगको सहकार्यले टोलीको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। एक्सट्रिमले एनपिएलका ८ मध्ये ७ टोलीलाई मुख्य प्रायोजन गरेको छ।

एक्सट्रिमले यसअघि साबिक विजेता लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज्, जनकपुर बोल्ट्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई एकै कार्यक्रममार्फत मुख्य प्रायोजनको घोषणा गरेको थियो।

विराटनगरले तेस्रो सिजन पनि राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा खेल्दै छ।

सुझावित समाचार