काभ्रेको खानीखोला गाउँपालिका– १, स्याउलीथलीमा बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।
पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो गाडी सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिपमा सवार नामथर र वतन नखुलेका दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन्। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ। दुर्घटनाबारे थप विवरण खुल्न बाँकी छ।