सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि हुँदै तीन लाख ६ हजार आठ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुझावित समाचार