प्रभु बैंक लिमिटेडले घर कर्जा तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकको वित्तीय आवश्यकतालाई सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । योजनाअन्तर्गत घरकर्जातर्फ अधिकतम तीन करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने बैंकले जनाएको छ ।
कर्जामा सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर
औसत आधारदरमा ०.५० प्रतिशत प्रिमियम प्रतिवर्ष कायम गरिएको छ ।उक्त घरकर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत–सम्भारका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले समेत लिन सक्नेछन् । बैंकले यस योजनामार्फत ग्राहकको आवाससम्बन्धी वित्तीय आवश्यकता सहज र सरल रूपमा पूरा गर्ने लक्ष्य लिएको जनाएको छ ।
त्यसैगरी, सवारीसाधन कर्जाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न अधिकतम सात वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । यस योजनामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधारदरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ