पल्सर स्पोर्टस् अवार्ड : ‘पिपल्स च्वाइस’ मनोनयन सार्वजनिक, पाँच खेलाडी प्रतिस्पर्धामा

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
पल्सर स्पोर्टस् अवार्ड : ‘पिपल्स च्वाइस’ मनोनयन सार्वजनिक, पाँच खेलाडी प्रतिस्पर्धामा

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्नेमा भलिबलकी मिना सुनार, फुटबलर पुजा राना, कराते खेलाडि सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स, एमएमएका रविन्द्र ढाँट छन्।

आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी खल्ती बाई आईएमईबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा खल्ती बाई आइएमईकी मेनेजर पुजा धामी र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरेका थिए। एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्ती मार्फत गर्नेछ।

भोटिङमा नयाँ शैली 
पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपाली नयाँ शैली अपनाउने निर्णय गरेको छ। विगतका वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकहरुले जति पनि रुपैंया हाल्न पाइन्थ्यो। तर यसपाली एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछ। जसको लागि १० रुपैँया मात्र राख्न पाउने नियम बनाइएको छ। अर्थात अब एक समर्थकले एक युजरबाट दिनमा १ पटक मात्र भोट हाल्न सक्नेछ। तर भोट भने प्रत्येक दिन हाल्न पाइनेछ।

खेलाडीको प्रोफाइल
मीना सुनार (भलिबल) :
 उदीयमान महिला भलिबल खेलाडी, शक्तिशाली स्पाइकर, काभा महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन, काभा महिला क्लब च्याम्पियनसिपमा तेस्रो, एभरेस्ट भलिबल क्लब बुटबलकी कप्तान ।

पूजा राना (फुटबल) : एसियन कप छनोट उज्वेकिस्तानमा उच्च प्रदर्शन – विदेशमा व्यावसायिक लिगमा प्रभावशाली प्रदर्शन – भुटान (ट्रान्सफर युनाइटेड) र बंगलादेश (फरासगन्ज एफसी र नासरिन स्पोट्र्स एकेडेमी)सँग आबद्ध 

सानुमाया थिङ (कराँते) : विश्व कराते च्याम्पियनसिप (कायरो, इजिप्ट), एकल कातामा सहभागिता – २१औं एसियन कराते च्याम्पियनसिप (कांस्य पदकलाई प्रतिस्पर्धा) – दक्षिण एसियाली कराते च्याम्पियनसिप (टिम काता स्वर्ण, एकल काता रजत) – यूकेकेसी वान अल्टिमेट काता र कुमिते च्यालेन्जमा स्वर्ण 

शेर मल्ल (क्रिकेट) : आईसीसी टी–२० विश्वकप डेब्यु खेलकामे पहिलो बलमै विकेट लिन सफल – मलेसियामा एसियन गेम्स क्वालिफायरमा हङकङसँग ४ विकेट र मलेसियासँग ३ विकेट लिन सफल – नेपाल प्रिमियर लिग सिजन २ मा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका – एनपीएलका १० खेलमा १७ विकेट लिन सफल ।

रवीन्द्र ढाँट (मिक्स मार्सल आर्ट्स) : ‘बझाङका बाघ’ भनेर चर्चित एमएमए फाइटर – गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ बेन्टमवेट च्याम्पियन । एसिया प्यासिफिक रिजनको २०५औं वरीयता प्राप्त । रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर ।
 

सुझावित समाचार