मेचीनगरले दोस्रो झापा १ काठमाडौं कप फुटसलको उपाधि जितेको छ । प्रतियोगिताको शनिबार भएको फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० ले हराउँदै उपाधि उपाधि रक्षा गरेको हो ।
मेचीनगरका लागि पात्थुङ नेम्बाङ, राजदीप अधिकारी र प्रतीक सुवेदीले समान एक गोल गरेका थिए । सेमिफाइनलमा शान्तिनगरले ज्यामिरगढीलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
मेचीनगरले बाहुनडाँगीलाई २–० गोलले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । प्रतियोगितामा झापाका सात गाविस मेचीनगर, दुवागडी, शान्तिनगर, चन्द्रगढी, ज्यामिरगढी, धाइजन र बाहुनडाँगीका टोली सहभागी थिए ।
प्रतियोगितामा मेचीनगरका राजदीप अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । मेचीनगरकै सोनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक भए । शान्तिनगरका विमल तोलाङी उत्कृष्ट स्ट्राइकर र मेचीनगरका सागर थापा उत्कृष्ट डिफेन्डर बने । ज्यामिरगढीका अनमोल राउत सर्वाधिक गोलकर्ता बनेका छन् ।