संसद् भवन निर्माणको म्याद सातौँपटक थपिँदै [फाेटाेफिचर]

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

साढे सात वर्ष बितिसक्दासमेत सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको काम सम्पन्न हुन सकेको छैन। सार्वजनिक खरिद ऐनको १५औँ संशोधन भएसँगै निर्माण कम्पनी तुँदी–सेक जेभीलाई म्याद थप गर्ने बाटो खुलेको सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले जानकारी दिए।

यसअघि छैटौँपटक थपिएको म्याद गत जेठमा सकिएको थियो भने त्यसभन्दा अघि पुस १६ सम्म कायम पाँचौँ म्यादलाई ९० दिन बढाएर छैटौँपटक थप गरिएको थियो। १ असोज ०७६ मा शिलान्यास भई तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा हाल अस्थायी रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक सञ्चालन भइरहेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार