नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स ४७ क्रसओभर मोटरसाइकल सार्वजनिक

मूल्य ६ लाख ८४ हजार

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

वैद्यज् अर्गनाइजेसनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल एक्स ४७ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज् अर्गनाइजेसनले सार्वजनिक गरेको एक्स ४७ को मूल्य ६ लाख ८४ हजार नाै सय  रुपैयाँ तोकेको छ।  

क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन गरिएको यो मोटरसाइकलले नेपाली इलेक्ट्रिक मोटरसाइकल बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ।अल्ट्राभायोलेट एक्स ४७ दैनिक आवागमन, रोमाञ्चक यात्रा तथा एड्भेन्चर राइडिङमा रुचि राख्ने राइडरलाई लक्षित गरी विकास गरिएको कम्पनीले जनाएको छ। 

वैद्यज् अर्गनाइजेसनले यसअघि नै नेपाली बजारमा अल्ट्राभायोलेटको एफ– ७७ ओरिजिनल र एफ– ७७ रिकन मोडलको बुकिङ खुलाइसकेको छ। एफ– ७७ ओरिजिनलको सुरुवाती मूल्य आठ लाख ११ हजार रुपैयाँ र एफ– ७७ रिकनको मूल्य नाै लाख ६९ हजार रुपैयाँ तोकिएको थियो।

एफ– ७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३२३ किलोमिटर आइडिसी रेन्ज प्रदान गर्छ। यसमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले अधिकतम १०० एनएम टर्क उत्पादन गर्छ।

प्रदर्शनका हिसाबले एफ– ७७ ले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीले जनाएको छ। यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ। त्यस्तै, ३९ लेभलको ट्र्याक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक तथा राइडिङ परिस्थितिमा बाइकको पकड र स्थिरता कायम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।

नाइमा मोबिलिटी एक्स्पोको अवसरमा एफ– ७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो एक्स्पो अवधिका लागि विशेष मूल्य हो र एक्स्पोपछि मोटरसाइकलको मूल्य वृद्धि हुने जनाएको छ।

एक्स ४७ को सार्वजनिकसँगै अल्ट्राभायोलेटले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियोलाई थप विस्तार गरेको छ। कम्पनीले नयाँ मोडलमार्फत दैनिक प्रयोगदेखि लामो दूरी तथा रोमाञ्चक राइडिङसम्मका लागि उच्च प्रदर्शन, प्रविधि र डिजाइनको संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ।

सुझावित समाचार