एसियाडका २२ खेलमा १३६ नेपाली खेलाडी सहभागी हुने

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जापानको नागोया र आइचीमा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने २२ खेलका १३६ खेलाडी नाम सार्वजनिक गरेको छ । यसअघि सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगितामा नेपाली खेलाडीको संख्या सार्वजनिक गरे पनि नाम सार्वजनिक गरिएको छैन । 

२०औँ एसियन खेलकुदमा नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, कबड्डी, कराँते, जुडो, स्क्वास, स्विमिङ, टेबलटेनिस, टेनिस, सफ्ट टेनिस, कुस्ती, क्यानोई स्लालोम, डान्स एन्ड स्पोर्टस्, स्केटबोर्ड, तेक्वान्दो, भलिबल, उसु छन् । यसैगरी, टिम गेम्मअन्तर्गत कबड्डी (महिला र पुरुष), भलिबल (महिला) र क्रिकेट (पुरुष) मात्र समावेश छन् । व्यक्तिगततर्फ १९ खेल छन् ।

एसियाडमा नेपालबाट कबड्डीमा सर्वाधिक २४ खेलाडी छन् । कबड्डी पुरुष र महिलामा गरेर २४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ जना खेलाडी रहेको राखेपले जनाएको छ । व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा धेरै ११ जना खेलाडी सहभागी हुनेछन् ।

डान्स स्पोर्टमा नेपालबाट एक खेलाडीले भाग लिनेछन् । यस्तै साइक्लिङ, आर्चरी र स्क्वासमा पुरुष र महिलामा गरी समान दुर्ईजना खेलाडी समावेश रहेको राखेपले जनाएको छ । क्यानोई, स्केडबोर्ड र तेक्वान्दोमा पुरुषतर्फ दुईजना खेलाडी मात्र सहभागी छन् ।

See More On

सुझावित समाचार