नेपाल बैंक र पिपल्स डेन्टलबिच सम्झौता

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

डेन्टल कलेज एन्ड हस्पिटल प्रालिबिच सम्झौता भएको छ । यस बैंकमा खाता रहेका ग्राहक र कर्मचारीलाई काठमाडौंको नयाँबजारस्थित उक्त डेन्टलमा उपचार सेवा लिँदा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टलका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका हुन् ।

बैंकमा खाता रहेका ग्राहक र कर्मचारी बिरामी दर्ता र चेक–अपमा शतप्रतिशत तथा अन्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने सम्झौतापत्रमा उल्लेख छ । बैंकले देशभरका २३१ शाखा, २४६ एटिएम साथै ५८ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आइरहेको छ ।

सुझावित समाचार