अर्जेन्टिनाका स्टार कप्तान लियोनल मेसीलाई पितृशोक

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

अर्जेन्टिनाका स्टार कप्तान लियोनल मेसीलाई पितृशोक परेको छ । विश्वप्रसिद्ध खेलाडीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको हो । जर्जको गृहनगर रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको रोयटर्सले जनाइएको छ । मेसीको एजेन्टसमेत रहेका उनको स्वास्थ्य अवस्था पछिल्लो समय निकै कमजोर बनेको थियो ।

उत्तर अमेरिकामा भएको फिफा विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा जर्ज देखिएका थिएनन् । मेसीकी पत्नी एन्टोनेला रोकुज्जो र उनका तीन छोरा थियागो, माटेओ र सिरो मात्रै खेल हेर्न पुगेका थिए ।

मेसीकी आमा सेलियाले अन्य छोराहरू रोड्रिगो, माटियास र मारिया सोलसँगै पतिको हेरचार गरेकी थिइन् । मेसी विश्वकपमा उपविजेता बनेलगत्तै घर पुगेका थिए । पछिल्लो साता मात्रै उनी अमेरिका फर्किएका थिए । अमेरिका पुगेपछि उनले मात्र दुई खेल खेल्न भ्याएका हुन् । मेसीको यात्रामा बुबा जर्ज सधैँ आधारस्तम्भ बनेका थिए । उनले बार्सिलोना लैजानेदेखि छोराको प्रतिनिधित्व बनेर सधैँ काम गरेका थिए । 

See More On

सुझावित समाचार