स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला नाै सय रुपैयाँले बढेर दुई लाख ९६ हजार नाै सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भई चार हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ, विभिन्न सञ्चारमाध्यमका अनुसार सुनको मूल्य प्रतिऔँस चार हजार २६२ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ।